महाभारतको शान्ति पर्वमा भनिएको छ, ‘धननाश भएमा केही छैन, पुनः प्राप्ति हुन सक्छ । यस्तै अरू कतिपय चीज नाश भएमा पनि फेरि पाउन सकिन्छ तर इतिहास नाश भएमा सर्वनाश हुन्छ, अपूरणीय क्षति हुन्छ ।’ त्यसैले इतिहासलाई हामी सबैले सम्मान गर्नै पर्छ । हिजोले आज देखायो, आजले भोलिको मार्गप्रशस्त गर्छ । हिजोलाई सम्झनु भनेको पितृलाई सम्मान…