काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदविक्री प्रकरणमा सरकारले समिति बनाएर अध्ययन गर्ने कुरा बेकारको नाटकमात्र भएको आरोप लगाएका छन्। बुधवार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो आरोप लगाएका हुन्। उनले एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताए। उनले एनसेल प्रकरणमा कैयौँ राजनीतिक दलहरुको संलग्नता रहेको हुनसक्ने आशंका…