एकीकृत समाजवादीले असोज १४ गतेदेखि जागरण अभियान सञ्चालन गर्ने

काठमाण्डु - नेकपा (एकीकृत समाजवादी) ले असोज १४ गतेदेखि समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्ने भएको छ । असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९ बजेदेखि सुरु हुने उक्त अभियान असोज २९ गते सुर्खेत पुगेर सभा गरी सम्पन्न हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राससलाई जानकारी दिए। उनका अनुसार अभियानका क्रममा…