काठमाण्डु – गृह मन्त्रालय (सचिवस्तर) को आईतबारको निर्णयअनुसार प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति भएका ३७ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आईतबार आयोजित समारोहबीच उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरे । दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्रहरी उपरीक्षकहरू कुलदिप चन्द, सुमित…