काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको सहकारी ठगीको मुद्दामा थुनछेक बहस स्थगित भएको छ । जिल्ला अदालत काठमाण्डुमा उनको बयान सकिएर बहस गर्न नभ्याउने भएकाले हेर्दाहेर्दैमा राखिएको अदालतका सूचना अधिकारी अमर बहादुर चन्दले काठमाण्डुपाटीलाई जानकारी दिए । उनका अनुसार भोलि सोमबार बहसका लागि उपस्थित गराउन उनलाई आज थुनामा पठाउने आदेश भएको…