काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटना मुलुकको भविष्य माथिको प्रहार भएको बताएका छन् । नेकपा एमालेको ११औं महाधिवेशनका लागि नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई शनिबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले आजको जटिल अवस्थाको नेतृत्व गर्न सक्ने र मुलुकलाई लोकतन्त्रतर्फ फर्काउने पार्टी र नेतृत्व आवश्यक रहेको बताए ।…