बिहीबार मन्त्रीपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी, को-को बन्दैछन् मन्त्री ?

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले हालसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । सरकारलाई पूर्णता दिन नसकेको भन्दै आलोचना भइरहेका बेला बिहीबार प्रचण्डले मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले राष्ट्रपति निर्वाचनपछि गठबन्धन फेरेर नेपाली कांग्रेससहितको गठबन्धनमा आएका…