कर्णाली प्रदेश: मूख्यमन्त्री शर्मालाई विश्वासको मत दिएर एमालेले जालझेल गर्न खोजेको माओवादीको आरोप

काठमाण्डु- नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार अफ्ठ्यारोमा परेको छ । संघीय सरकारसँगै ६ वटा प्रदेशबाट बाहिरिएको एमालेले कर्णालीमा माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि माओवादी झस्किएको हो । माओवादी केन्द्रले केन्द्रको सहमति अनुसार कर्णालीमा कांग्रेससँग छलफल गरेर सरकारमा ल्याउन गरिएका प्रयासहरु कांग्रेस पक्षबाट स्वीकार नहुँदा माओवादी नेतृत्वको सरकारले अफ्ठ्यारोमा परेको छ ।…