काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। सोमबार बालुवाटारमा भएको भेटमा उनीहरुबीच मंगलबार बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । त्यस्तै मन्त्रिमण्डल विस्तारबाहेक संसदमा पेस भएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक लगायतका विषयमा…