काठमाण्डु- सरकारले कोशी प्रदेश नामकरणको विवादबारे छानविन गर्न समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा भएको छलफलपछि गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्तासमिति गठन गरेको हो । प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलन र आन्दोलनको क्रममा पदम लिम्बुको निधन भएकोमा दुख व्यक्त गर्दै वार्ताबाटै समस्याको समाधानका…