जनयुद्ध नेपालको इतिहास हाे : महासचिव विप्लव

काठमाण्डु - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धलाई अपराधीकरण गर्नेलाई कुनै पनि हालतमा छुट दिन नसकिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जनयुद्धलाई अपराधीकरण गर्ने खालका गतिविधिमा संलग्नहरुलाई छुट दिन नसकिने महासचिव विप्लवको भनाइ…