काठमाण्डु- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपति निवास शीतलनिवासतर्फ निस्किएका छन् । राष्ट्रपतिले सरकार गठनमा दिएको समयसीमा अहिले पाँच बजे सकिनु अगावै उनीहरू सात पार्टीको समर्थनसहित शीतलनिवास गएका हुन् । शीतलनिवास जानुअघि ओली र दाहालले बालकोटको बार्दलीबाट शुभेच्छुकलाई संकेत गर्दै हात हल्लाएका थिए ।…