काठमाण्डु - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । प्रदेश सभामा आज बसेको बैठकमा अधिकारीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित गरेको हो। नेकपा एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन्…