काठमाण्डु - नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने सरकारले तयारी गरेको छ । नेपाल स्काउटले बिहीबार सूचना जारी गरी काठमाण्डु महानगरपालिका–२६ लैनचौरस्थित कित्ता नम्बर १० खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलनका सम्बन्धमा नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका बिचमा भएको सम्झौता २०७५ सालमा सकिए पनि मुद्दा मामिलाका…