काठमाण्डु-आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने पर्व छठ शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि तलाउ र पोखरीका किनारमा भक्तजनहरू उपस्थित थिए । बिहीवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका व्रतीहरूले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । सन्तान सुख प्राप्ति,पारिवारिक सुख, शान्ति, कल्याण,…