म्याग्दी – म्याग्दीमा मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दल र नेकपा (एमाले)का उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् ।प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच–पाँच उम्मेदवार छन्…