जरिवाना नबुझाउने उम्मेदवारको नाम समानुपातिकको बन्दसूचीबाट हटाइने

काठमाण्डु - आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा परेका व्यक्तिले तोकिएको जरिवाना बुझाउने समय सीमा सकिँदैछ । गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी भएर निर्वाचन खर्च नबुझाएका तर, आगामी निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा परेका ४०८ जनाले जरिवाना बुझाउने समय सकिन लागेको हो । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार…