ताप्लेजुङमा योगेश भट्टराईसँग क–कसले भिड्दैछन् ?

काठमाण्डु – एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा ११ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई र सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका खेल प्रसाद बुढाक्षेत्रीसहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् । यता जनता समाजवादी पार्टीले चन्द्र मादेनलाई उम्मेदवार बनाएको छ । यसैगरी राप्रपाले…