दमक कांग्रेस सभापतिद्वारा राजीनामा, बालेनलाई सहयोग गर्ने घोषणा

दमक- नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले पार्टी परित्याग गरेका छन् । उनले झापा–५ बाट उम्मेदवार रहेका रास्वपाका बालेन शाहलाई सहयोग गर्ने घोषणा गरेका छन् । प्रसाईंले नेपाली कांग्रेसको साधारण सदस्यतासमेत त्याग्दै प्रधानमन्त्रीका उम्मेदवार शाहलाई समर्थन गर्ने बताएका हुन् । प्रसाईंकी पत्नी रेगिना भट्टराई दमक नगरपालिकाकी उपमेयर हुन् । उनी नेपाली कांग्रेसको तर्फबाट…