एमालेसँग तालमेल गरेपछि जसपाका मन्त्री हटाउने देउवाको तयारी

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेर उम्मेदवारी दिएसँगै देउवा जसपासँग रूष्ट छन् । प्रधानमन्त्री देउवाले प्रमुख निर्वाचन आयुक्तलाई उनीहरूलाई हटाएपछि नयाँ नियुक्ति गर्न मिल्ने वा नमिल्नेबारे परामर्शसमेत गरेका छन् । आयोगबाट समेत हटाउन सकिने परामर्श पाएपछि देउवाले…