काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उमेदवारी खारेज नहुने भएको छ । आसन्न निर्वाचनको उम्मेदवार रहेका प्रधानमन्त्री देउवाको नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्ममिति रहेको भन्दै सोमबार निर्वाचन कार्यालय डडेल्धुरामा उजुरी परेको थियो । उनको उम्मेदवारीविरुद्ध परेको उजुरी कानूनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी…