प्रतिनिधिसभाबाट तीन विधेयक पारित,अर्को बैठक भोलि १ बजे बस्ने

काठमाण्डु - प्रतिनिधिसभा बैठकले तीन विधेयक पारित गरेको छ । शुक्रवार बसेको बैठकले पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरेको हो । सो विधेयक पारितपछि सभामुख अग्नि सापकोटाले शनिवार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक सकिएको घोषणा गरे । शनिवार बस्ने बैठक प्रतिनिधिसभाको अन्तिम बैठक हो ।