महाभियोग सिफारिस समितिमा न्यायाधीशहरू बयान दिन नजाने

काठमाण्डु - सर्वोच्च अदालतका न्यायाधीशहरु प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको छलफलमा नजाने भएका छन् । सर्वोच्चमा बुधबार बसेको फुलकोर्टको बैठकले महाभियोग समितिले बोलाए पनि बयानका लागि न्यायाधीशहरु नजाने निर्णय गरेका हुन्। महाभियोगमा लागेका आरोपको बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नाम लिएका सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीसँग बिहीबार बिहानदेखि छलफलमा बोलाउने निर्णय गरेको थियो…