रसुवा – रसुवाको पाँच वटा गाउँपालिका मध्ये चार वटा गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाको कालिका, उत्तरगया, गोसाईंकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको मतगणना सकिएको हो । चार वटा गाउँपालिकाको मतगणना सकिँदा जिल्लाको कालिका र आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उत्तरगया र गोसाईंकुण्ड गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्…