काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने पुकार बमको घोषणा

काठमाण्डु - युवा सामाजिक अभियन्ता पुकार बमले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । विवेकशील नेपाली दलका संस्थापक रहेका बम कैलालीका बासिन्दा हुन् । सत्तारुढ दलहरुको बीचमा मंसिरमा निर्वाचन गर्नको लागि छलफल गरिरहंदा बमले उम्मेदवारी घोषणा गरेका छन् । यसपटक काठमाण्डौंका धेरै निर्वाचन क्षेत्रमा स्वतन्त्रबाट उम्मेदवारी हुने सम्भावना छ…