उम्मेदवार छनोटबारे निर्णय लिन कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाण्डु – नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज शुक्रबार बस्दैछ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने एक नेताले  बताए । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा…