काठमाण्डु – नेकपा एमाले र परिवार दलबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । बुधबार एमाले पार्टी कार्यालय थापाथलीमा शिर्ष नेताहरुको उपस्थितीमा आगामी स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेको हो । एमालेका तर्फबाट स्थानीय विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका तर्फबाट सन्तोषकुमार पौडेलले ५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्…