काठमाण्डु – काठमाण्डु महानगरपालिकाकी उपमेयरकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायमै राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार उनले नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई ४ हजार ५६२ मतले पछि पारेकी छिन् । एमालेकी उम्मेदवार डंगोलले अहिलेसम्म ६ हजार ३४६ पात पाएकी छिन् । यस्तै नेकपा एसका उम्मेदवार श्रेष्ठले १ हजार ७८४ मत पाएका छन् । डंगोल…