काठमाण्डु - नेकपा (एमाले)को पहिलो पोलिटब्युरो बैठक सुरू भएको छ । बबरमहलस्थित कार्की ब्याङ्कैटमा सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । आजको बैठकमा आसन्न स्थानीय तह निर्वाचनको विषयमा छलफल हुने छ । स्थानीय निर्वाचनसँगै समसायमयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।