कर्णाली - नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ । प्रदेशसभा सदस्य पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले उनलाई राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन निर्देशन गरेको थियो । निरन्तर पार्टीको विधानविपरीत अभिव्यक्ति दिनका साथै निर्देशनको अवज्ञा गरेको भन्दै…