विशेष महाधिवेशनको रटान छाडेर निर्वाचनको तयारीमा जुट्न कांग्रेसको निर्देशन

काठमाण्डु – नेपाली कांग्रेसले आगामी २०८३ वैशाख २८–३१ गतेसम्मका लागि १५औं महाधिवेशनको मिति तय भइसकेको अवस्थामा विशेष महाधिवेशनको माग गर्नुको कुनै औचित्य नरहेको स्पष्ट पारेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यबाहक सभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत प्रस्ताव पारित गर्दै व्यक्तिगत रूपमा कसैले पनि महाधिवेशन वा भेला बोलाउने अधिकार विधानले नदिएको भन्दै त्यस्ता गतिविधिमा…