काठमाण्डु- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगमाथि अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोगमाथि अध्ययन गर्न ११ सदस्यीय समिति गठन गरेको हो । समिति सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मिन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर बिष्ट, रेखा शर्मा, लालबाबु पण्डित…