काठमाण्डु – आइतबार प्रतिनिधिसभाको बैठकबाट एमसीसी पास भएसँगै सत्ता गठबन्धनले निरन्तरता पाएको छ । एमसीसीकै कारण फुटको डिलमा पुगेको पाँच दलबीचको गठबन्धन ‘व्याख्यात्मक टिप्पणी’ को तागतमा जोगिएको हो । एमसीसी सम्झौतामा भएका केहि बुँदाहरु संशोधन नगरी संसदबाट अनुमोदन गर्न नहुने अडान राख्दै आएको नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी आइतबार एकाएक एमसीसी पास गर्न…