एमसीसीलाई व्याख्यात्मक घोषणासहित पारित गरौँ : गगन थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्न आग्रह गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । सबैको सहमतिमा एमसीसी पारित होस् भन्ने कांग्रेसको चाहना रहेको र त्यसका लागि…