काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ जनाको पद जोगाउन एमसीसीको पक्षमा उभिएको बताएका छन् । माओवादी संसदीय दलको बैठकमा सांसदहरूलाई कन्भिन्स गर्दै अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनको विपक्षमा उभिँदा एमाले र कांग्रेस मिलेर सभामुख अग्नि सापकोटालाई हटाउने तथा माधव नेपालसहित १४ सांसदको पद खारेज हुने…