काठमाण्डु – नेकपा एमालेका सचिव योगेश भट्टराईले पाँच दलीय गठबन्धन भत्कनु मुलुकको हितमा रहेको बताएका छन् । संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले गठबन्धन भत्काउन एमाले नलागेको तर गठबन्धनकै कारण नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रिएको बताएका हुन् । ‘गुटका संकट पार्टीमा, पार्टीको संकट गठबन्धनमा थोपर्ने र गठबन्धनको संकटलाई राष्ट्रिय संकट बनाउने काम भएको छ ।…