काठमाण्डु - आन्तरिक बिबादका कारण लामो समय देखी हुन नसकिरहेको तराई मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारणी समितिको बैठक आजवाट काठमाण्डुमा सुरु हुदैँछ । वालकुमारीस्थति केन्द्रिय कार्यालयमा बिहान ११ बजे देखी सुरु हुने बैठकले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) देखी स्थानीय तहको निर्वाचनसम्मको एजेन्डामा छलफल हुनेछ । ‘आजको बैठकमा एमसीसी, स्थानिय…