काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टीमा एमसीसीबारे चर्को विवाद भएपछि सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसी टेबुल गर्न दिने निर्णय गरेको थियो । तर नेता झलनाथ खनालले एमसीसी संसदमा टेबुल गर्न दिने निर्णय नै नगरेको भन्दै असन्तुष्टि जनाएका…