संसद बैठकमा एमसीसी टेबुल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाण्डु- सत्ता गठबन्धनले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति जुटेको हो । गठबन्धन बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई…