ओली र लेखकलाई आइतबार अदालतमा उपस्थित गराइने

काठमाण्डु - एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई आइतबार अदालतमा उपस्थित गराइने भएको छ । शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै आइतबार अदालतमा पेस गर्नेछ । उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डु हुँदै जिल्ला अदालत काठमाण्डु लगिनेछ । कानुनी प्रावधानअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री ओली र…