कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयले एमालेमा तरङ्ग

काठमाण्डु – नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि एमालेभित्र तरङ्ग उत्पन्न भएको छ । प्रतिवेदन प्रतिवेदन कार्यान्वयन गर्ने संकेत गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तीव्र प्रतिक्रिया र तरङ्ग पैदा भएको छ । एमालेका शीर्ष नेताहरूले सरकारको यो कदमलाई राजनीतिक प्रतिशोध र…