प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ रास्वपा महाधिवेशनबाट दिनु दुर्भाग्यपूर्णः काँग्रेस

काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमार्फत दिनुपर्ने जवाफ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको मञ्चबाट दिएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै काँग्रेस सांसद् रेणुका काउछाले काँग्रेसहित विपक्षीले ‘नेपालले पनि भारतको जमिन धेरै ठाउँमा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन र सो अभिव्यक्ति फिर्ता लिन पटकपटक…