गण्डकी– केही वर्षअघिसम्म सबेरै उठेर डोकामा तरकारी बेच्न म्याग्दीको बेनीबजार झर्ने पर्वतका कृष्णप्रसाद आचार्यको दैनिकी अहिले फेरिएको छ । मिलनचोक–सल्यान सडक कालोपत्र भएपछि डोकोमा तरकारी बोकेर बेच्न बजार धाउनुपर्ने बाध्यता हटेको आचार्यले बताए । उनीलगायत तरकारी र बीउ उब्जाउने जलजला गाउँपालिका–७ सल्यानका किसानलाई सडकले सहज बनाएको हो । “व्यापारीले फोनबाटै तरकारी मगाउँछन्, हामीले गाडीमा पठाउँछौँ,…