भारत र अमेरिकाबाट उच्चस्तरीय भ्रमण हुँदै

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि भारत र अमेरिकाबाट पहिलो उच्चस्तरीय भ्रमण हुन लागेको छ । साउनको अन्त्यमा भारत र अमेरिकाबाट दुई वटा उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो । भारतीय विदेश सचिव विक्रम मिश्री आगामी साताको सुरुमा काठमाडौं आउने कार्यक्रम तय भएको छ । छिमेकी बंगलादेशमा विकसित राजनीतिक परिस्थितिका बावजुद…