मानव बेचबिखन विरुद्धको लडाइँमा प्रहरी मात्र होइन, सबै लाग्नुपर्छ : गृहमन्त्री लेखक

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन विरुद्धको लडाइँमा प्रहरी मात्र नभई सबै लाग्नुपर्ने बताएका छन् । नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोद्वारा मंगलबार जावलाखेलमा आयोजित मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै उनले मानव बेचबिखनको अपराध अन्तर्राष्ट्रिय रूपमै फैलिएको बताए । ‘यसको दुष्प्रभाव विश्वभर विस्तार भइसकेको छ । यसलाई साझा दुष्मनका रूपमा लिएर लाग्नुपर्छ ।…