२६९६ मा उक्लियो नेप्से, १७ अर्ब बढीको कारोबार

काठमाण्डु – मंगलबार नेप्से परिसूचक ३५.५५ अंक बढेर २६९६ अंकमा उक्लिएको छ । सोमबार २०.६३ अंक घटेको नेप्से मंगलबार बढेको हो । मंगलबार १७ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज १८९ कम्पनीको सेयर मूल्य बढ्यो । ४७ कम्पनीको सेयर मूल्य घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।…