काठमाण्डु – कमलादीस्थित प्रज्ञा भवनको परिसर । हातमा क्लियर ब्याग, गलामा गलबन्दी र शिरमा ढाका टोपी । घाटीमा महाधिवेशन प्रतिनिधिको कार्ड । उमेर नौ दशक उक्लने तयारी अर्थात् ८६ वर्ष । नुवाकोटको तादी गाउँपालिका– ७ का पत्तबहादुर मैनालीको सामान्य हुलिया हो यो । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा सहभागी हुन नुवाकोटको सुन्दरादेवीबाट काठमाण्डु आएका मैनाली…