काठमाण्डु – नेकपा एकीकृत समाजवादीको काठमाण्डु जिल्ला कमिटीले अनिवार्य सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियम बनाएको छ । नेकपा एसको केन्द्रीय कार्यालयको निर्देशनअनुसार काठमाण्डु जिल्ला कमिटी अध्यक्ष कुसुमकुमार कार्कीले कमिटीका सदस्यले माघ मसान्तभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव गरेका हुन् । कार्कीले चलअचल सम्पत्तिदेखि बैंकमा रहेको रकम तथा सेयरदेखि सुनचाँदीका विवरण भरेपछि मात्र साधारण…