द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाण्डु-द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । ९१ वर्षको उमेरमा उपचारको क्रममा उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनादेखि उपचाररत थिइन् । उनको पशुपति आर्यघाटमा भोलि दाहसंस्कार गरिने छ । ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।…