गृहमन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेट, प्राकृतिक प्रकोपमा सहयोग गर्ने प्रतिबद्धता

काठमाण्डु – गृहमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा राजदूत श्रीवास्तवले प्राकृतिक प्रकोपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गत असार अन्तिम हप्ता चितवनको सिमलताल पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्यका लागि अत्याधुनिक प्रविधिसहित सहायता उपलब्ध गराउन भारत सरकार सकरात्मक रहेको राजदूत श्रीवास्तवको…